Ipo.aspx merolagani - शिखर इन्स्योरेन्सको खुद नाफा र खुद बीमाशुल्क दुबै बढ्यो

शिखर इन्स्योरेन्सको खुद नाफा र खुद बीमाशुल्क दुबै बढ्यो

Aug 15, 2022 09:48 AM Merolagani

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा र खुद बीमाशुल्क दुबै बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ४० करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.९३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३१ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क १८.५० प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको पुनर्बीमा कमिशन आम्दानी २४.४२ प्रतिशत बढेको छ।

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १५ पैसा घटेर १७ रुपैयाँ ५६ पैसामा सीमित भएको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा यस्तो आम्दानी घट्न पुगेको हो। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४५.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५४ रुपैयाँ ४० पैसा रहेको छ।

२ अर्ब २८ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ८७ करोड ७ लाख रुपैयाँ सञ्चित छ। त्यस्तै, इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ४१ करोड १६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ११ करोड ८ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

तीन कारणले शेयर बजारमा ५.१८ प्रतिशतको पहिरो, तर कारोबार रकममा कीर्तिमान बन्नुले के अर्थ राख्छ ?

Aug 06, 2024 05:41 PM

सुवास निरौला

मंगलबार शेयर बजारमा एकाएक ५.१८ प्रतिशतको पहिरो गयो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ‘नेप्से’ १४५.०५ अंकले घट्दा सूचक २६५१.३२ अंकमा ओर्लियो।