Ipo.aspx merolagani - युनिलिभरको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

युनिलिभरको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

Aug 12, 2024 08:11 AM Merolagani

युनिलिभर नेपाल लिमिटेड (UNL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानीको तुलनामा खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २.८४ प्रतिशत घटेको छ भने कुल आम्दानी २.२३ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ५.८० प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १५१ रुपैयाँ ९० पैसा बढेर २ हजार १४३ रुपैयाँ ५४ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५ हजार २८५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २२.०७ गुणा रहेको छ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

२०० रुपैयाँ मुनिका कम्पनी नेप्सेको सूचीबाट हराए, २०० र ३०० रुपैयाँ बीचका कम्पनी भने अझै २७ वटा

Aug 12, 2024 05:37 AM

बाबुकृष्ण महर्जन
सत्ता समीकरणसँगै बढ्न थालेको शेयर बजारले आइतबार २८ सयको विन्दुलाई पार गरेर २८६०.८४ विन्दुमा बन्द भएको छ । ‘लो क्याप’ कम्पनीहरुको मूल्य उच्च हुँदै गएपछि लगानीकर्ताहरुले ‘हाइ क्याप’ सँगै ‘लो भ्यालु’ कम्पनीमा आँखा लगाउन थालेका छन् ।