Ipo.aspx merolagani - सोनापुर मिनरल्सको आम्दानी घट्यो, खुद नाफा ऋणात्मक

सोनापुर मिनरल्सको आम्दानी घट्यो, खुद नाफा ऋणात्मक

Aug 15, 2024 04:25 AM Merolagani

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (SONA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ भने खुद नाफा ऋणात्मक भएको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ६३ करोड ९९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.२२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ थियो।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफा ऋणात्मक भएको छ। अघिल्लो आर्थिक वर्ष २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्ष ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ७९.९७ प्रतिशत घटेका छ भने अन्य आम्दानी ९९.१२ प्रतिशत घटेको छ। सो अवधिसम्ममा कम्पनीको सञ्चालन मुनाफा १३ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २९ करोड २१ लाख रुपैयाँ रहेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ २६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ २४ पैसा रहेको छ।

comments powered by Disqus

२०० रुपैयाँ मुनिका कम्पनी नेप्सेको सूचीबाट हराए, २०० र ३०० रुपैयाँ बीचका कम्पनी भने अझै २७ वटा

Aug 12, 2024 05:37 AM

बाबुकृष्ण महर्जन
सत्ता समीकरणसँगै बढ्न थालेको शेयर बजारले आइतबार २८ सयको विन्दुलाई पार गरेर २८६०.८४ विन्दुमा बन्द भएको छ । ‘लो क्याप’ कम्पनीहरुको मूल्य उच्च हुँदै गएपछि लगानीकर्ताहरुले ‘हाइ क्याप’ सँगै ‘लो भ्यालु’ कम्पनीमा आँखा लगाउन थालेका छन् ।