Ipo.aspx merolagani - जाल्पा सामुदायिक र किसान लघुवित्त मर्ज भएर बनेको मातृभूमि लघुवित्तको वित्तीय अवस्था कस्तो?

जाल्पा सामुदायिक र किसान लघुवित्त मर्ज भएर बनेको मातृभूमि लघुवित्तको वित्तीय अवस्था कस्तो?

Aug 13, 2024 05:12 AM Merolagani

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था मर्ज भएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था (MATRI) ले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार लघुवित्तले सो अवधिसम्ममा ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै, सो अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३० करोड ९९ लाख रुपैयाँ रहेको छ भने खुद फि तथा कमिशन आम्दानी ७० लाख १६ हजार रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको कुल सञ्चालन आम्दानी ३६ करोड ८० लाख रुपैयाँ र सञ्चालन मुनाफा ११ करोड ४६ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड २० लाख रुपैयाँ रिभर्स भएको छ। यद्यपि, लघुवित्तको निष्क्रिय कर्जा भने ९.८५ प्रतिशत रहेको छ।

असार मसान्तसम्ममा लघुवित्तले १० करोड ५८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८४ रुपैयाँ २० पैसा रहेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ २१७ रुपैयाँ ५० पैसा पुगेको छ।

मर्जरपश्चात ६२ करोड ८३ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस लघुवित्तको रिटेन्ड अर्निङ्ग १० करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ६३ करोड २४ लाख रुपैयाँ रहेको छ।

 

comments powered by Disqus

३२ सय विन्दु नजिकको मूल्य ब्रेक आउट हुने क्रम सुरु, कुन कम्पनीले गरे कसको हुन बाँकी ? (सूची सहित)

Aug 10, 2024 05:25 PM

सुवास निरौला

अरुण चालिसे (नाम परिवर्तन)शेयर बजारले ३१९८.६० विन्दुको रेकर्ड बनाउँदा फसेका लगानीकर्ता हुन्।