Ipo.aspx merolagani - मर्जरपश्चात सम्पदा लघुवित्तको वित्तीय अवस्था कस्तो?

मर्जरपश्चात सम्पदा लघुवित्तको वित्तीय अवस्था कस्तो?

Aug 14, 2024 04:17 AM Merolagani

सबैको लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्ज भइ बनेको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३० करोड ३० लाख रुपैयाँ रहेको छ भने खुद फि तथा कमिशन आम्दानी ६ करोड ४१ लाख रुपैयाँ रहेको छ। त्यस्तै, लघुवित्तको खुद सञ्चालन अम्दानी ३६ करोड ७१ लाख रुपैयाँ र सञ्चालन मुनाफा १२ करोड २८ लाख रुपैयाँ रहेको छ।

असार मसान्तसम्ममा लघुवित्तको खराब कर्जा ४.८० प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज ७५ लाख रुपैयाँ रहेको छ।

७० करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको रिटेन्ड अर्निङ्ग १ करोड ७० लाख रुपैयाँ ऋणात्मक रहेको छ भने जगेडा कोष २९ करोड ८ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २७ पैसा, प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ७ पैसा र मूल्य आम्दानी अनुपात ८६.९६ गुणा रहेको छ।

comments powered by Disqus

३२ सय विन्दु नजिकको मूल्य ब्रेक आउट हुने क्रम सुरु, कुन कम्पनीले गरे कसको हुन बाँकी ? (सूची सहित)

Aug 10, 2024 05:25 PM

सुवास निरौला

अरुण चालिसे (नाम परिवर्तन)शेयर बजारले ३१९८.६० विन्दुको रेकर्ड बनाउँदा फसेका लगानीकर्ता हुन्।