Ipo.aspx merolagani - नाफासँगै बढ्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

नाफासँगै बढ्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

Aug 14, 2024 05:36 AM Merolagani

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले (SPIL)  गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ६९ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२.५२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ३७ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ७८.१२ प्रतिशत र कुल आम्दानी ५१.३४ प्रतिशत बढेको छ। सो अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ६१.८२ प्रतिशत बढेको छ भने कुल खर्च ५१.८६ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ११ रुपैयाँ १५ पैसा बढेर २४ रुपैयाँ ६७ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २७३ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.५५ गुणा रहेको छ।

२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोषमा १८ करोड ९१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ६ करोड २२ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

२०० रुपैयाँ मुनिका कम्पनी नेप्सेको सूचीबाट हराए, २०० र ३०० रुपैयाँ बीचका कम्पनी भने अझै २७ वटा

Aug 12, 2024 05:37 AM

बाबुकृष्ण महर्जन
सत्ता समीकरणसँगै बढ्न थालेको शेयर बजारले आइतबार २८ सयको विन्दुलाई पार गरेर २८६०.८४ विन्दुमा बन्द भएको छ । ‘लो क्याप’ कम्पनीहरुको मूल्य उच्च हुँदै गएपछि लगानीकर्ताहरुले ‘हाइ क्याप’ सँगै ‘लो भ्यालु’ कम्पनीमा आँखा लगाउन थालेका छन् ।