Ipo.aspx merolagani - प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको बुकक्लोज मिति तय

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको बुकक्लोज मिति तय

Sep 22, 2024 10:02 AM Merolagani

प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड (PSF) र प्रभु स्मार्ट फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेका छन्।

यी दुई फण्डहरुले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। यस अनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले, यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

प्रभु सेलेक्ट फण्डले कर सहित १० प्रतिशत र प्रभु स्मार्ट फण्ड (PRSF) ले कर सहित ८.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। भदौ ३१ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले यी दुई फण्डका इकाईधनीहरुलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

comments powered by Disqus

न अफिस जानुपर्ने न त काम नै गर्नुपर्ने, सुतेर नै १४ लाख बढी कमाई

Sep 24, 2024 05:46 PM

'सुतेर पनि पैसा कमाउन सकिन्छ ।' के तपाईँले कहिल्यै यस्तो सुन्नुभएको छ ? सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य घटना हो । अहिले, यो खबर  सामाजिक संजालमा चर्चामा रहेको छ ।