Ipo.aspx merolagani - न अफिस जानुपर्ने न त काम नै गर्नुपर्ने, सुतेर नै १४ लाख बढी कमाई

न अफिस जानुपर्ने न त काम नै गर्नुपर्ने, सुतेर नै १४ लाख बढी कमाई

Sep 24, 2024 05:46 PM Merolagani

'सुतेर पनि पैसा कमाउन सकिन्छ ।' के तपाईँले कहिल्यै यस्तो सुन्नुभएको छ ? सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य घटना हो । अहिले, यो खबर  सामाजिक संजालमा चर्चामा रहेको छ ।

भारतीय पत्रिका "द हिंदू" को रिपोर्ट अनुसार बेंगलोरको साईश्वरी पाटिलसँग पनि यस्तै केहि भयो । उनले स्लीप च्याम्पियनको उपाधि जितेर ९ लाख भारतीय रुपैयाँ जितेकी छिन् ।

पाटिलले वेकफिटको स्लीप इंटर्नशीप प्रोग्राममा भाग लिइन् । यस प्रतियोगितामा उपाधि जितेर उनले ९ लाख भारुको पुरस्कार आफ्नो नाममा गरेकी छिन् ।

यो प्रतियोगिता सुतेकै आधारमा जित्न सकिन्थ्यो । यसमा उनको काम सुत्ने मात्र थियो ।

खासगरी, भरखरै मात्र अनाैठाे 'स्लीप इंटर्नशीप कार्यक्रम' को तेस्रो सीजनको आयोजना गरिएको थियो ।

के हो स्लीप इंटर्नशीप कार्यक्रम ?

धेरै काम र तनावका कारणले मानिसहरुकाे निद्रा पुरा हुन सक्दैन । सोहि कारण उनीहरुको स्वास्थ्यमा पनि असर पर्ने गरेको छ । त्यसैले, कम्पनीले यस्तो इंटर्नशीप कार्यक्रम लिएर आएको जनाएकाे छ । यस कार्यक्रमको आयोजना तीन वर्षदेखि निरन्तर रूपमा गरिराखिएको छ।

हालसालै सम्पन्न यो स्लीप इंटर्नशीप कार्यक्रमको तेस्रो सिजन थियाे । यसमा कुल १२ इंटर्नहरूलाई छानिएको थियो ।

इंटर्नमध्येबाट स्लीप च्याम्पियन विभिन्न मापदण्डका आधारमा चयन गरिएकाे थियाे। जसमा साईश्परी पाटिल सबैभन्दा अगाडि रहिन् ।

पाटिलले "द हिंदु" सँग कुराकानी गर्दै निद्रासँग सम्बन्धित केहि टिप्स पनि शेयर गरेकी छिन् । उनले मन शान्त गर्नका लागि मिठो संगीत सुन्ने सुझाव दिएकी छिन् । निदाउन एक घण्टा अघि, हल्का तातो पानीले नुहाउन पनि उनले सुझाइन् ।

एजेन्सी ।

comments powered by Disqus