Ipo.aspx merolagani - डलरको मूल्यले बनायो नयाँ रेकर्ड, अन्य देशको विनिमय दर कति?

डलरको मूल्यले बनायो नयाँ रेकर्ड, अन्य देशको विनिमय दर कति?

Oct 12, 2024 06:21 AM Merolagani

असोज २६ गते, शनिबार, नेपाली बजारमा डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ८० पैसा पुगेको छ भने खरिददर १३४ रुपैयाँ २० पैसा पुगेको छ।

यो डलरको हालसम्मकै उच्च मूल्य हो। यस अघि डलरको उच्च मूल्य १३४ रुपैयाँ ६८ पैसा (बिक्रीदर) थियो। गत भदौ २१ गते डलर सो मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४६ रुपैयाँ ६६ पैसा र बिक्रीमा १४७ रुपैयाँ ३२ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७५ रुपैयाँ १८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ९० रुपैयाँ ३० पैसा र बिक्रीदर ९० रुपैयाँ ७० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८५ पैसा पाइन्छ।

यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३१ रुपैयाँ ३० पैसा र बिक्रीमा ३१ रुपैयाँ ४४ पैसा पाइन्छ।

comments powered by Disqus