Ipo.aspx merolagani - आजको विदेशी मुद्राको विनिमयदर कति?

आजको विदेशी मुद्राको विनिमयदर कति?

Aug 30, 2024 06:12 AM Merolagani

भदौ १४ गते, शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९० पैसा तोकेको छ। त्यस्तै, यस दिनका लागि सो मुद्राको बिक्रीदर भने १३४ रुपैयाँ ५० पैसा तोकेको छ।

त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४८ रुपैयाँ ५८ पैसा र बिक्रीमा १४९ रुपैयाँ २५ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४५ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ९१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ५० पैसा र बिक्रीमा ९९ रुपैयाँ ९४ पैसा पाइन्छ।

यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३१ रुपैयाँ ६ पैसा र बिक्रीमा ३१ रुपैयाँ २० पैसा पाइन्छ।

comments powered by Disqus

गभर्नरको ‘सानो कमजोरी’ माथि नेपाली सेनाको ठूलो ‘एक्सन’ !

Aug 26, 2024 05:53 PM

कहिले काँहि ठूला काम गर्दा हुने सानो तिनो कमजोरीको ठूलो परिणाम भोग्नु पर्छ भन्ने पछिल्लो उदाहरण गभर्नर महाप्रसाद अधिकारी र  नेपाल राष्ट्र बैंक बनेका छन् ।