नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेकाे छ । सुनकाे याे मूल्य हालस्ममकै उच्च हाे।यसअघि असोज १८ गते सुनकाे मूल्यले रेकर्ड बनाएकाे थियाे । साे दिन छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा काराेबार भएको थियो ।
त्यस्तै, यस दिन चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी तोलाको एक हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो।