Ipo.aspx merolagani - अपि पावरको विद्युत बिक्री आम्दानी बढ्यो, नाफा कति?

अपि पावरको विद्युत बिक्री आम्दानी बढ्यो, नाफा कति?

Oct 27, 2024 09:31 AM Merolagani

अपि पावर कम्पनी लिमिटेड (API) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ४७ करोड ५२ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१.६५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २६ करोड १६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेपछि कम्पनी नाफामा पुगेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा ४० लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ९६.४९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १५८.३६ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी १२ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ६५ पैसा रहेको छ।

comments powered by Disqus

सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्य पनि घट्यो

Nov 05, 2024 10:49 AM

कात्तिक २० गते, मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको छ। यस दिन सुनसँगै चाँदीको मूल्य पनि घटेको छ।