Ipo.aspx merolagani - विद्युत बिक्री आम्दानीसँगै बढ्यो इष्टर्न हाइड्रोपावरको नाफा

विद्युत बिक्री आम्दानीसँगै बढ्यो इष्टर्न हाइड्रोपावरको नाफा

Dec 05, 2023 06:29 AM Merolagani

इष्टर्न हाइड्रोपावर लिमिटेड (EHPL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले १ करोड ५५ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ९९ लाख ८१ हजार रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानी बढेको र खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ४ करोड ५३ लाख रुपैयाँबाट बढेर ४ करोड ६६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा ४ करोड ११ लाख रुपैयाँबाट बढेर ४ करोड २९ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल खर्च भने १ करोड ५३ लाख रुपैयाँबाट घटेर १ करोड ३३ लाख रुपैयाँमा झरेको छ। कम्पनीको वित्तीय खर्च घटेर १ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ २४ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १३०.६९ गुणा रहेको छ।

६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने १४ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

comments powered by Disqus

सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्य पनि घट्यो

Nov 05, 2024 10:49 AM

कात्तिक २० गते, मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको छ। यस दिन सुनसँगै चाँदीको मूल्य पनि घटेको छ।