Ipo.aspx merolagani - आम्दानी बढेपछि घलेम्दीको खुद नाफा धनात्मक

आम्दानी बढेपछि घलेम्दीको खुद नाफा धनात्मक

Nov 10, 2024 06:15 AM Merolagani

घलेम्दी हाइड्रो लिमिटेड (GHL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको खुद नाफा धनात्मक भएको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७४ लाख ७४ हजार रुपैयाँ धनात्मक रहेको छ।

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा धनात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २ कराड ३ लाख रुपैयाँबाट बढेर ४ करोड ६६ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ करोड १५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको खर्च पनि ५ करोड १७ लाख रुपैयाँबाट घटेर ४ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण पनि कम्पनी नाफामा पुगेको हो।

१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने १९ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

असोज मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ९१ पैसा रहेको छ।

comments powered by Disqus

सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्य पनि घट्यो

Nov 05, 2024 10:49 AM

कात्तिक २० गते, मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको छ। यस दिन सुनसँगै चाँदीको मूल्य पनि घटेको छ।