Ipo.aspx merolagani - ब्रिक्सटनकाे ४ बाइक सार्वजनिक, राेयल इन्फिल्डदेखि केटीएमसम्मलाई टक्कर

ब्रिक्सटनकाे ४ बाइक सार्वजनिक, राेयल इन्फिल्डदेखि केटीएमसम्मलाई टक्कर

Nov 20, 2024 11:06 AM Merolagani

अस्ट्रियाको बाइक निर्माता कम्पनी ब्रिक्सटन भारतीय बजारमा प्रवेश गरेको छ । भारतीय बजारमा कम्पनीले एकैसाथ ४ वटा नयाँ मोटरसाइकल ल्याएको हाे ।

ब्रिक्सटनले क्रसफायर र क्रमवेल रेंजका बाइकहरू सार्वजनिक गरेकाे हाे। यी बाइकहरूकाे मूल्य ४ लाख ७४ हजार रूपैयाँदेखि ९ लाख ११ हजार भारू (एक्स-शोरूम) सम्म छ।

कम्पनीले सुरूवातमा यी मोटरसाइकलहरू कम्पलिटली नक्ड डाउन (CKD) मार्गबाट ​​भारतमा ल्याइँदै छ । यी बाइकहरूलाई कोल्हापुरस्थित केएडब्लू (KAW) वेलाेस मोटर्स कारखानामा एसेम्बल गरिनेछ । साेही कारणले गर्दा यी बाइकहरूको मूल्य धेरै उच्च रहेकाे बताइएकाे छ। तर, कम्पनीले भारतमा पनि स्थानीय उत्पादन सुरु गर्ने योजना बनाएको छ । यसमा काम भइरहेको कम्पनीले जनाएकाे छ । भविष्यमा ग्राहकहरुलाई सुपथ मुल्यमा बाइक उपलब्ध गराउन सकिने पनि कम्पनीले जानकारी दिएकाे छ । यी बाइकहरूको डेलिभरी २०२५काे जनवरीदेखि सुरु हुनेछ। 

क्रसफायर ५००X र ५००XC रेन्ज

ब्रिक्सटनको क्रसफायर लाइनअप अधिक पहुँचयोग्य मोटरसाइकल मोडेल रेन्ज हो। कम्पनीले यसलाई नियो रेट्रो रोडस्टर लुक र डिजाइन दिएको छ । यसको मूल्य ४ लाख ७४ हजार भारतीय रुपैयाँ छ ।

यसैगरि, क्रसफायर ५००XCको मूल्य ५ लाख १९ हजार भारूबाट सुरु हुन्छ। दुवै मोटरसाइकलमा ४८६ सीसी क्षमताको एउटै इन्जिन रहेको छ । यसबाहेक, दुवै बाइकको मेकानिजम पनि निकै समान छ ।

५००X हेर्दा स्पोर्टी देखिन्छ र रग्ड डिजाइनमा आउँछ। यसमा धेरै कम बडी प्यानलहरू छन्। पातलो सिंगल-पीस सिट रेट्रो स्टाइल रहेकाे यो बाइकले पुरानो जमानाको सम्झना दिलाउँछ। यसमा गोलो आकारको हेडल्याम्प र इन्धन ट्याङ्कीमा 'X' ब्याजिङ पाउन सकिन्छ। यद्यपि, यसलाई बेसिक डिजाइन दिइएको छ तर स्क्र्याम्बलरका केही एलिमेन्टहरू पनि यसमा पाइन्छ। बीक स्टाइल फ्रन्ट मडगार्ड, मेटल विन्डशिल्ड र छेउमा नम्बर प्लेटले यसलाई निकै आकर्षक बनाएको कम्पनीकाे भनाइ छ।

पावर परफरमेन्स

ब्रिक्सटन क्रसफायर सिरिजमा कम्पनीले ४८६ सीसी क्षमताको प्यारालाल-ट्विन, लिक्विड-कूल्ड इन्जिन प्रयोग गरेको छ। यसले ४६ बीएचपी पावर र ४३ एनएम (न्यूटन मिटर)को टर्क जेनेरेट गर्छ। दुबै बाइकको इन्जिन ६ स्पीड ट्रान्समिसन गियरबक्स रहेकाे छ । यसले बजारमा रोयल इन्फिल्ड बाइकसँग प्रतिस्पर्धा गर्ने भएकाे छ ।

दुबै बाइकको हार्डवेयर

५०० एक्स (500X) र ५०० एक्ससी (500XC)मा अगाडि एक एडजस्टेबल अपसाइड-डाउन (USD) फोर्क सेटअप र प्रिलोड तथा पछाडि रिबाउन्डका लागि एक एडजस्टेबल मोनोशक सस्पेन्सनको साथ आउँछ। ब्रेकिङको कुरा गर्दा, दुबै बाइकमा ३२० एमएम फ्रन्ट डिस्क र २४० एमएम रियर डिस्क दिइएकाे छ । यसमा, डुअल च्यानल एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस)को सुविधा उपलब्ध छ। 500Xमा कम्पनीले दुबै छेउमा १७ इन्चको पाङ्ग्रा दिएको छ भने 500XCमा १९ इन्चको फ्रन्ट ह्वील र १७ इन्चको रियर ह्वील रहेको छ। यी बाइकको तौल १९० देखि १९५ किलोग्रामसम्म रहेको छ ।

ब्रिक्सटन क्रमवेल १२०० र १२०० एक्स

ब्रिक्सटन क्रमवेल सीरीज एक भारी बाइक दायरा हो। यसमा,  १२२२ सीसीकाे ठूलो इन्जिन छ । त्यसैले, क्रसफायर रेन्जभन्दा धेरै महँगो छ। १२००को मूल्य ७.८४ लाख भारतीय रुपैयाँ ताेकिएकाे छ ।  तर, १२०० X अझ अफ-रोड-केन्द्रित सिरीज हो । यसको मूल्य ९ लाख ११ हजार भारतीय रुपैयाँ छ।  यी सबै एक्स-शोरूम मूल्यहरू हुन्। खासगरी, कम्पनीले क्रमवेल १२०० एक्सका १०० युनिट मात्रै बिक्री गर्नेछ । भारतीय बजारमा कम्पनीको पोर्टफोलियोमा यो सबैभन्दा महँगो बाइक हो ।

यसैगरी, क्रमवेलमा क्रसफायर सीरीज भन्दा धेरै रेट्रो डिजाइनहरू पाउन सकिनेछ। यसमा, स्कल्पेटेड फ्युल ट्याङ्की, राउण्ड लायन मिरर, लामो स्कूप्ड-अप सिट, स्पोक ह्वील र गोल आकारको हेडल्याम्प रहेको छ।

अर्कोतर्फ, क्रमवेल १२००Xमा केही फरक स्टाइलिङ इलिमेन्टहरू जस्तै गाेल्ड रिम, एउटा बेन्च सीट र अगाडि मेटल विन्डस्क्रिन पाउन सकिनेछ । यसको इन्धन ट्याङ्कीमा फरक लोगो पनि राखिएकाे छ । इलेक्ट्रोनिक्सको सन्दर्भमा, यसमा ट्र्याक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, इको र स्पोर्ट र राइड-बाय-वायर दुई राइड मोडहरू छन्।

पावर र परफर्मेन्स

पावरट्रेनको बारेमा कुरा गर्दा, क्रमवेल सिरिजमा १२२२ सीसीकाे प्यारालाल ट्विन इन्जिन दिइएकाे छ । यसले ६५५० आरपीएममा ८२ बीएचपीको अधिकतम पावर र ३१०० आरपीएममा १०८ एनएमको टर्क उत्पन्न गर्छ। यो इन्जिन सिक्स स्पीड गियरबक्ससँग जोडिएको छ।

क्रमवेल सिरीजकाे हार्डवेयर ः

क्रमवेल १२०० मा अगाडि टेलिस्कोपिक फ्रन्ट फोर्क सेटअप र रियरमा ट्विन-शक रियर सेटअप पाउन सकिन्छ। अर्कोतर्फ, क्रमवेल १२००Xमा केवाइबी जस्तै सेटअप दिइएकाे छ। ब्रेकिङको कुरा गर्दा, अगाडि ३१० एमएम ट्विन डिस्क सेटअप र रियरमा सिंगल २६० एमएम डिस्क ब्रेक दिइएको छ । दुवै मोटरसाइकलमा १८ इन्चको अगाडि र १७ इन्चको रियर ह्वीलहरू छन्। यसको वजन २३५ केजी छ र सीटकाे उचाई ८०० मिमी छ।

काे-काेसँग हुँदैछ प्रतिस्पर्धा?

भारतीय बजारमा यी बाइकहरूले इन्जिन क्षमता र मूल्यका हिसाबले हार्ले-डेभिडसन ४५० एक्स, रोयल इन्फिल्ड र केटीएमका ठूला बाइकहरूसँग प्रतिस्पर्धा गर्छन्। हालै केटिएमले आफ्नो सम्पूर्ण विश्वव्यापी रेन्ज भारतीय बजारमा प्रस्तुत गरेको छ। यसमा कम्पनीका सबैभन्दा महँगो बाइकहरू पनि पर्छन् । हाल, ब्रिक्सटनले यी बाइकहरू प्रस्तुत गरेर भारतको बजार मूल्याङ्कन गरिरहेको छ। स्थानीय उत्पादन सुरु गरेपछि मात्र मूल्य घट्ने अपेक्षा गरिएको छ।

comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।