यो उपलब्धिले दिगो यातायातप्रतिको बीवाईडीको दृढ प्रतिबद्धता र अटोमोबाइल उद्योगमा विश्वव्यापी लीडरको रूपमा यसको स्थानलाई अझ बलियो बनाएको कम्पनीकाे भनाइ छ।
कार्यक्रममा बीवाईडीका सभापति एवंम्अ ध्यक्ष वाङ चुआनफुले प्रमुख मन्तव्य दिँदै कम्पनीको यात्रा सम्झिए। उनले २० जना कर्मचारीसहित सानो स्टार्टअपबाट सुरू भई आज विश्वभर लगभग १० लाख कर्मचारी भएका बहुराष्ट्रिय कम्पनीमा परिवर्तन भएको उल्लेख गरे। वाङले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बीवाईडीको महत्त्वपूर्ण भूमिका रहेको जनाए।
१ करोड नयाँ उर्जा सवारीसाधन (NEV) उत्पादनको उपलब्धि बीवाईडीको दिगो विकासप्रतिको दृढ प्रतिबद्धताको प्रमाण हो। यस उपलब्धिलाई हासिल गर्ने बीवाईडी विश्वकै पहिलो अटोमोबाइल कम्पनी बनेको छ। कम्पनीले पहिलो ५० लाख NEV उत्पादन गर्न १५ वर्ष लगाएको, तर त्यसपछिको अर्को ५० लाख उत्पादन मात्र १५ महिनामै गरी नयाँ उर्जा सवारीसाधन (NEV) र प्राविधिक प्रगतिमा केन्द्रित रणनीतिक सफलताको उदाहरण उल्लेखनीय रूपमा प्रस्तुत गरेको छ।
१ करोडौं गाडी, डेन्जा जेठनाईन्, गेम साइन्सका संस्थापक एवम्सीइओ तथा चर्चित खेल ’ब्ल्याक मिथः वुकोंग’का स्रष्टा फेङ जीलाई प्रदान गरिएकाे ।
वाङले बीवाईडीको सफलता साहसी दृष्टिकोण, निरन्तर कार्यान्वयन, र अटल धैर्यतामा आधारित भएको बताए। उनले कम्पनीको उपलब्धिको श्रेय यसको बलियो प्राविधिक क्षमता र गहिरो रूपमा गडेको इन्जिनियरिङ कल्चर रहेको टिप्पणी दिए। उनले भने, “बीवाईडीका इन्जिनियरहरूको आत्मा नै हाम्रो कम्पनीको आत्मा हो।“
बीवाईडीको संस्कृतिका बारेमा गहिरो जानकारी दिनका लागि, प्रसिद्ध चिनियाँ वित्तीय पत्रकार र लेखक, किन्सुओले १०० जना मध्यस्तरका र उच्च स्तरका कार्यकारीहरू र कर्मचारीहरूसँग अन्तर्वार्ता गरेका छन्। यी जानकारीहरू “द सोल अफ इन्जिनियरस“ नामक पुस्तकमा संकलित गरिएको छ।
भविष्यतर्फ हेर्दै वाङले बीवाईडीको रणनीतिक रोडम्याप प्रस्तुत गरे र बीवाईडीका आधारभूत मार्गनिर्देशको परिचय दिए, "यो एक विस्तृत दस्तावेजले कम्पनीको आधारभूत सिद्धान्त, ऐतिहासिक अनुभव र भविष्यमुखी रणनीतिहरू समेट्छ। यस संरचनाले भविष्यका वर्षहरूमा बीवाईडीको निरन्तर वृद्धी र इनोभेसनलाई मार्गदर्शन गर्नेछ।"
आगामी योजना अनुसार, बीवाईडीले अटोमोटिभ प्रणालीहरूलाई एकीकृत गर्ने बौद्धिक प्रविधिहरूमा १०० अर्ब युआनको लगानी गर्नेछ । जसले बीवाईडीको सम्पूर्ण सवारीसाधन श्रृंखलामा व्यापक सुधार ल्याउने कम्पनीकाे अपेक्षा छ। यो प्रतिबद्धताले बीवाईडीलाई प्राविधिक प्रगति र नवप्रवर्तनमा अग्रणी राख्न सुनिश्चित गर्नेछ, जसले विश्व बजारमा प्रतिस्पर्धी कायम राख्ने कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार इन्जिनियरिङ मनोभाव र दिगो विकासप्रतिको प्रतिबद्धतामा बीवाईडी विश्वस्तरीय उच्च प्राविधिक कम्पनीको रूपमा आफ्नो स्थान सुदृढ गर्न तयार रहेको छ।