Ipo.aspx merolagani - मिथिला लघुवित्तले गर्यो लाभांश घोषणा

मिथिला लघुवित्तले गर्यो लाभांश घोषणा

Dec 06, 2024 11:49 AM Merolagani

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १४.२८६ प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ०.७१४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

मंसिर २० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

लक्ष्मी सनराइज बैंकको बोनस घोषणा

Dec 01, 2024 10:28 AM

लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।