Ipo.aspx merolagani - तीन कारोबार दिनपछि पुनः घट्यो नेप्से, कारोबार रकम सामान्य बढ्यो

तीन कारोबार दिनपछि पुनः घट्यो नेप्से, कारोबार रकम सामान्य बढ्यो

Dec 29, 2024 03:16 PM Merolagani

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि बढीरहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

आइतबार नेप्से परिसूचक २१.१२ अंक घटेर २६०९.५८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.४६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५ अर्ब ३२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ६६ हजार ७७४ पटकको कारोबारमा ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार रुपैयाँबराबरको १ करोड १० लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन २२३ रुपैयाँ ७० पैसा बढेर २४६१ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशत बढेको छ। यस दिन ५ स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन प्रभु बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २६ करोड १० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन जानकी फाइनान्सको १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्टको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक बढेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.१२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ भने जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।