Ipo.aspx merolagani - नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम सामान्य बढ्यो

नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम सामान्य बढ्यो

Dec 31, 2024 03:12 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत आइतबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक ३३.०८ अंक घटेर २५७६.५० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४४ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ४७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ६९ हजार ९२३ पटकको कारोबारमा ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन शेयरमूल्य बढेका ४९ स्टकमध्ये कुनै पनि स्टकको मूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छैन। यस दिन नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.०१ प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ प्रतिशत बढेको छ। यस दिन ४ स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, जानकी फाइनान्स, पोखरा फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन पनि प्रभु बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३५ करोड ९४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको करिब १८ करोडको शेयर किनबेच भएको छ भने जानकी फाइनान्सको करिब साढे १४ करोडको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक ०.०६ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ५.१९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन व्यापार र विकास बैंक उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।