Ipo.aspx merolagani - दैलेखमा भइरहेको अन्वेषणको काम अन्तिम चरणमा पुग्दा ग्याँसको खानी भेटियो, के नेपाल पनि पेट्रोलियम पदार्थ निर्यातक राष्ट्र बन्ला?

दैलेखमा भइरहेको अन्वेषणको काम अन्तिम चरणमा पुग्दा ग्याँसको खानी भेटियो, के नेपाल पनि पेट्रोलियम पदार्थ निर्यातक राष्ट्र बन्ला?

Dec 30, 2024 11:17 AM Merolagani

पेट्रोलियम पदार्थ आयात गर्दा देशको अर्थतन्त्र नै थिलो थिलो भइरहेको अहिलेको समयमा नेपालले पनि पेट्रोलियम पदार्थ निर्यात गर्ने भन्ने सुन्दा धेरैलाई हावा कुरा लाग्न सक्छ । 

तर, पछिल्लो खोज अनुसन्धानले केही वर्ष भित्रै त्यो अवस्था आउन सक्ने देखाएको छ । सम्भवतः अबको २ महिना भित्रै त्यसबारेमा सबै कुरा छर्लङग हुनेछ ।

खानी तथा भूगर्भ विभाग र चीनको चाइना जिओलोजिकल सर्वेले दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा गरिरहेको अन्वेषणको क्रममा प्राकृतिक ग्यास रहेको स्पष्ट संकेत फेला परेका छन् । हाल भइरहेको अन्वेषणको काम फागुन २८ (फेब्रुअरी २८) सम्म सक्ने गरि तयारी भइरहेको छ । अहिले ३५ जना प्राविधिक र विज्ञहरूसहितको टोलीले स्थानीय भैरवी गाउँपालिकाको सहयोगमा काम अन्वेषणको काम गरिरहेको छ ।

४,००० मिटर अर्थात ४ किमी गहिराइसम्म ‘ड्रिलिङ’ गरेर नमुना निकाल्ने गरि भइरहेको अन्वेषणको काममध्ये शनिबारसम्म ३,९४४ मिटर गहिराइसम्म खनिएको छ । अब ५६ मिटर मात्र खन्न बाँकी छ । ड्रिलिङका क्रममा २,२०० मिटरको गहिराइबाटै ग्यास भेट्न सुरु भएको थियो र त्यसभन्दा तलको गहिराइमा खन्दै जाँदा विभिन्न तहमा ग्यासको मात्रा पनि बढिरहेको छ ।

विभागका वरिष्ठ भूगर्भविद् गणेशनाथ त्रिपाठीका अनुसार अहिलेसम्मको ‘ड्रिलिङ’ बाट प्राप्त नमुनाहरु हेर्दा त्यहाँ ग्याँस रहेको स्पष्ट संकेत भेटिएको छ । तर, त्यो ग्याँस कुन स्तरको हो र त्यो व्यावसायिकरूपमा उपयुक्त छ छैन भन्ने कुरा थप अध्ययन अनुसन्धानपछि पुष्टि हुने र त्यसको लागि थप केही समय लाग्ने त्रिपाठीको भनाइ छ ।

विभागका अनुसार अहिलेको अन्वेषण सकिएपछि त्यसका नमुनाहरु थप अध्ययनको लागि चीन पठाइनेछ । चीनको ल्यावमा गरिने परिक्षणपछि बल्ल वास्तविक अवस्था पत्ता लाग्नेछ ।

भैरवी गाउँपालिकाकी अध्यक्ष रीताकुमारी शाही अहिलेको अन्वेषणले त्यहाँ प्राकृतिक ग्याँसको स्रोत रहेको स्पष्ट भएको भन्दै त्यो व्यवसायीकरुपमा पनि सफल भएमा त्यसले नेपालको आर्थिक विकासमा छलाङ मार्ने बताउंछिन् । ‘अहिलेको अन्वेषण हाम्रो गाउँपालिकाको लागि मात्र नभएर देशकै लागि अन्त्यन्त उत्साहजनक रहेको छ’ शाहीको भनाइ छ ।

अरू ठाउँमा पनि पेट्रोलियम पदार्थ पाइने

दैलेखको भैरवी गाउँपालिकासँगै पाल्पाको तानसेन, कैलालीको धनगढी, बाँकेको नेपालगन्ज, चितवनको पहाडी क्षेत्र, सर्लाहीको मलंगवा, पर्साको बीरगन्ज, धनुषाको जनकपुर, सप्तरीको राजविराज र मोरङको बिराटनगर क्षेत्रमा पनि पेट्रोलियम पदार्थ रहेको आशंकामा अन्वेषण शुरु गर्ने तयारी भैरहेको छ । अहिलेसम्मको अनुसन्धानहरुबाट नेपालको दक्षिणी भाग, चुरे र महाभारत आसपासको क्षेत्रमा पेट्रोलियम हुनसक्ने सम्भावना देखिएको छ ।

comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्नर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पाटनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।