Ipo.aspx merolagani - अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM MeroLagani

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्नर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पाटनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।

अझै ३ वटा वाणिज्य बैंकले बिग मर्जरलाई प्राथमिकतामा नै राखेका छन्। तिनीहरुले उपयुक्त पार्टनर भेटेमा मर्जर गर्ने बताउँदै सो प्रक्रिया अगाडि बढाउने जिम्मा सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गराएका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल, नबिल बैंक र प्राइम कमर्सियल बैंकले मर्जर तथा एक्विजिसनको एजेन्डा राख्दै यसको अख्तियारी बैंकको सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गराएका छन् । नेपाल एसबीआई बैंकले साधारण सभाको लागि जारी सूचनामा पनि सोही मर्जर एन्ड एक्विजिसनको एजेन्डा उल्लेख छ यद्यपि एसबीआई बैंकको साधारण सभा सम्पन्न हुन बाँकी छ । प्राइम कमर्सियल र  सिटिजन्सले ‘ख’ र ‘ग’ वर्गका विकास बैंक र फाइनान्सलाई आफूमा गाभे पनि समकक्षी ‘क’ वर्गका बैंकसँग मर्जरमा गएका छैनन। भारतको एसबीआई बैंकको लगानी रहेको नेपाल एसबीआई बैकले भने एफपीओ निष्काशन गरेर आफ्नो पुँजी ८ अर्ब पुर्याएको थियो।

नबिल बैंकले भने गत वर्ष मात्रै नेपाल बंगलादेश बैंकलाई आफूमा गाभेको थियो । यसअघि बैंकले युनाइटेड फाइनान्सलाई समेत आफूमा गाभेको थियाे । मर्जरका बाबजुद पनि पुँजी कोष टाइट हुँदै गएपछि बैंकले मर्जरको बाटो खुला राखेको हो । बैंकले तोकिएको पुँजी कोष पुर्याउन ८ प्रतिशतको अभिमोच्य असञ्चित अग्रधिकार शेयर जारी गर्ने प्रस्ताव समेत विशेष साधारण सभा गराएर पारित गरेको भए पनि अग्रािधकार शेयर जारी गर्न राष्ट्र बैंकबाट अनुमति पाएको छैन ।

मर्जरमा जाने एजेन्डा राखेका ४ वाणिज्य बैंकमध्ये नबिल बैंक र प्राइम कमर्सियल बैंकले गत वर्षको नाफाबाट नगद लाभांश मात्रै बाँडेका थिए । नबिलले यसपटक १० प्रतिशत र प्राइम कमर्सियलले ५ प्रतिशत नगद लाभांश बाँडे । सिटिजन्सले ४ प्रतिशत बोनस शेयर दियाे भने नेपाल एसबीआई बैंकले भने बोनस र नगदको अनुपात मिलाएर लाभांश घोषणा गरेकाे छ। एसबीआई बैंकले ३.८ प्रतिशत बोनस र ६.८५ प्रतिशत नगद गरेर १०.६५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकाे छ ।

अहिलेसम्म ७ वटा वाणिज्य बैंकले साधारण सभा सम्पन्न गरिसकेका छन् भने ९ वटा वाणिज्य बैंकले पुस मसान्तभित्रै साधारण सभा गर्ने गरी सूचना जारी गरिसकेका छन् । अझै सरकारी लगानी रहेको नेपाल बैंंकसहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एसिया बैंक र कुमारी बैंकले भने साधारण सभाको मिति घोषणा गरेका छैनन । सम्भवत यी चार वटा बैकको साधारण सभा पुस मसान्तभित्र सम्पन्न हुने छैन ।

comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्नर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पाटनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।