Ipo.aspx merolagani - ७ कम्पनीको शेयरमूल्य समायोजन

७ कम्पनीको शेयरमूल्य समायोजन

Dec 30, 2024 09:18 AM Merolagani

पुस १४ गते, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। सो दिन नेप्सेमा कृषि विकास बैंक (ADBL), मितेरी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, छिमेक लघुवित्त, आत्मनिर्भर लघुवित्त, जीवन विकास लघुवित्त र चिलिमे हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुको बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कृषि विकास बैंकको ३ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंक (MDB) को ९.५०७९ प्रतिशत र महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। त्यस्तै, छिमेक लघुवित्त (CBBL) को ८ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत, जीवन विकास लघुवित्त (JBBL) को १४ प्रतिशत र चिलिमेको १० प्रतिशत बोनस शेयर समायोजन भएको हो।

समायोजनपश्चात कृषि विकास बैंकको शेयरमूल्य ३२४ रुपैयाँ १७ पैसा, मितेरीको ६३५ रुपैयाँ ३९ पैसा, महालक्ष्मी (MLBL) को ३७७ रुपैयाँ ६७ पैसा, छिमेकको ८६१ रुपैयाँ २० पैसा, आत्मनिर्भर (ANLB) को ५ हजार ७१५ रुपैयाँ ५४ पैसा, जीवन विकासको १ हजार ३७८ रुपैयाँ ७ पैसा र चिलिमे (CHCL) को ५१८ रुपैयाँ १८ पैसा कायम भएको छ।

यही समायोजित मूल्यलाई आधार मानेर भोली अर्थात मंगलबार दास्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।