Ipo.aspx merolagani - पठाओ र इन्ड्राइभलाई टक्कर दिने गरि आयाे ‘सजिलो साथी’

पठाओ र इन्ड्राइभलाई टक्कर दिने गरि आयाे ‘सजिलो साथी’

Jan 16, 2025 07:03 PM Merolagani

पठाओ र इन्ड्राइभलाई टक्कर दिने गरि ‘सजिलो साथी’ राइड शेयरिङ प्लेटफर्म आएकाे छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली राइड शेयरिङ प्लेटफर्म ‘सजिलो साथी’ सार्वजनिक गरिएकाे हाे ।

नेपाली राइड शेयरिङ प्लेटफर्म ‘सजिलो साथी’ मा क्याप्टेन विजय लामा सह-संस्थापकको रुपमा जोडिएका छन् । लामालाई औपचारिक रूपमा ‘सजिलो साथी’ मा आबद्ध गरिएको हो ।

कार्यक्रममा बोल्दै क्याप्टेन लामाले आफू यात्रासँग जोडिएको व्यक्ति भएकोले यो व्यवसाय आफ्नो लागि उपयुक्त भएकाे बताए ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक दिवाकर खनालले नेपालमै पहिलो पटक ‘जियोफेस सिस्टम’ सुरु गर्न लागेको जानकारी दिए । सन् २०२२ मा स्थापना भएको यो कम्पनीले हाल काठमाडौं उपत्यकामा मात्र सेवा दिइरहेको जानकारी उनले दिए ।

कम्पनीले छिट्टै देशभर आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको पनि खनालले बताए ।

सजिलो राइड शेयरिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आमिर लामाले आफूहरू बजारमा भएका अन्य सेवाभन्दा फरक रहेको दाबी गरे । उनले यात्रु र चालक दुवैको सुरक्षामा विशेष ध्यान दिएको बताए ।

अबको ६ महिनाभित्र नेपालभर सेवा विस्तार गर्ने याेजना कम्पनीकाे रहेकाे पनि उनले बताए । कम्पनीले यात्रु र चालक दुवैको सुरक्षालाई ध्यानमा राख्दै शिखर इन्स्योरेन्ससँग सहकार्य गरी बीमा सुविधा पनि सुरु गरेको पनि उनले बताए ।

comments powered by Disqus

आशिका तामाङ पक्राउ

Jan 15, 2025 02:51 PM

आफूलाई अभियन्ता भन्ने आशिका तामाङ पक्राउ परेकी छिन् । महानगरीय प्रहरी वृत्त गौशालाले अभद्र व्यवहारको निवेदनका आधारमा तामाङलाई पक्राउ गरेकाे हो ।