Ipo.aspx merolagani - गत साता साढे २ प्रतिशत बढेको नेप्से, यस साता के होला?

गत साता साढे २ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Jan 26, 2025 06:10 AM Merolagani

गत साता नेप्से परिसूचक साढे २ प्रतिशत बढेर बन्द भएको छ। अघिल्लो साता २५८८.६२ विन्दुमा बन्द भएको नेप्से, गत साता २.५४ प्रतिशत अर्थात ६५.७३ अंक बढेर २६५४.३५ विन्दुमा पुगेको छ।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन नेप्से घटेको थियो। गत साताको अन्तिम कारोबार दिन अर्थात बिहीबार नेप्से सामान्य अंक घटेर बन्द भएको थियो।

 

प्रतिरोध क्षेत्रमा

गत साता नेप्से परिसूचक बढेर प्रतिरोध क्षेत्रमा पुगेको छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २६५० देखि २६८० सम्म रहेको छ। आगामी दिनमा नेप्सेले सो प्रतिरोध क्षेत्रलाई तोडेर उकालो लागेमा २७६० देखि २८०० को क्षेत्रमा सप्लाई आउने देखिन्छ। तर, सो क्षेत्रबाट ओरालो लागेमा भने २४४० देखि २५०० को क्षेत्रमा डिमान्ड आउने देखिन्छ।

खरिदकर्ता हाबी

साप्ताहिक रुपमा गत साता नेप्सेले बुलिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने नेप्सेले रातो मैनबत्ती बनाएको छ। जसले सो दिन बजारमा बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेसँगै भोल्यूम भने बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ७ अर्ब २२ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ५ अर्ब ९३ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २१.७५ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ। यसले गत साता बजार बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक ओभरसोल्ड जोनबाट न्यूट्रल जोनमा बढ्ने क्रममा रहेको छ। यसले बजारमा खरिदबिक्री चाप सन्तुलित हुँदै गएको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Jan 21, 2025 07:00 AM

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज (माघ ८ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।