Ipo.aspx merolagani - नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम भने बढ्यो

नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम भने बढ्यो

Jan 26, 2025 03:08 PM Merolagani

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक १०.४१ अंक घटेर २६४३.९३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ७ अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ९४ हजार ८१३ पटकको कारोबारमा ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार रुपैयाँबराबरको १ करोड ५७ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन २ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था र माथिल्लो मैलुङ खोला जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। यस दिन बोटलर्स नेपाल (बालाजु), दोल्ती पावर र जानकी फाइनान्सको शेयर तथा एनआईसी एशियाको ऋणपत्र नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३९ करोड ५३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ३८ करोडको शेयर खरिदबिक्री भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब ३६ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.७६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Jan 21, 2025 07:00 AM

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज (माघ ८ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।