Ipo.aspx merolagani - नाफासँगै बढ्यो सिटिजन लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

नाफासँगै बढ्यो सिटिजन लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

Feb 10, 2025 12:06 PM Merolagani

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड (CLI) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा इन्स्योरेन्सले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८६.७८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १२ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क २३.६९ प्रतिशत बढेको छ भने कुल आम्दानी २४.६४ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २३.३१ प्रतिशत र कुल खर्च २२.२७ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ५ रुपैयाँ १३ पैसा बढेर ११ रुपैयाँ ७३ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५९.२४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ८२ पैसा रहेको छ।

३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा १ अर्ब ५२ करोड २० लाख रुपैयाँ, महाविपत्ती कोषमा १९ करोड २८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ८३ करोड ८० लाख रुपैयाँ र अन्य इक्विटीमा ६३ करोड ८८ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।