Ipo.aspx merolagani - लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को नाफा सामान्य बढ्यो

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को नाफा सामान्य बढ्यो

Feb 11, 2025 12:32 PM Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) (LICN) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्सम्ममा इन्स्योरेन्सले १४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १३ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ९.०५ प्रतिशत बढेको छ भने कुल आम्दानी ८.७९ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ८.९२ प्रतिशत र कुल खर्च ८.७७ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ३९ पैसा बढेर १० रुपैयाँ ६९ पैसा पुगेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १९७.८३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४२ रुपैयाँ ४६ पैसा रहेको छ।

२ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा ६ करोड ११ लाख रुपैयाँ, महाविपत्ती कोषमा ५८ करोड ५२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २ अर्ब ६३ करोड ६६ लाख रुपैयाँ र अन्य इक्विटीमा ४९ करोड ६६ लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।