Ipo.aspx merolagani - सातामा करिब साढे २ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

सातामा करिब साढे २ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Feb 22, 2025 06:12 AM Merolagani

यस साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत बढेर बन्द भएको छ। गत साता २६७८.४७ विन्दुमा बन्द भएको नेप्से, यस साता २.४४ प्रतिशत अर्थात ६५.२७ अंक बढेर २७४३.७४ विन्दुमा पुगेको छ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो जसमध्ये चारै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ८.१० अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५४ अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ७ अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब ६५ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २२.९० प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या २०.४९ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २२.४६ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण २.४४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ४६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ८ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ७.२४ प्रतिशत बढेको छ। गत साता २०८८.२२ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १५१.२३ अंक बढेर २२३९.४५ विन्दुमा पुगेको छ।

अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १३,०१९ मा अन्तिम कारोबार भएको यस उपसमूहको परिसूचक, यस साता ७२२.८२ अंक बढेर १३७४२.२७ विन्दुमा पुगेको छ।

यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.८५ प्रतिशत घटेको छ। गत साता ५७९१.४५ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १०७.१४ अंक घटेर ५६८४.३१ विन्दुमा झरेको छ।

यस साता नेप्सेमा ६ कम्पनीको ३ करोड ५३ लाख ४६ हजार ५९२.७४ कित्ता शेयर सूचीकृत भएको छ। यस साता सान्जेन जलविद्युत कम्पनीको थप शेयर र ग्लोबल आइएमई बैंक, छिमेक लघुवित्त, कृषि विकास बैंक, फस्ट माइक्रोफाइनान्स लघुवित्त र शिवम् सिमेन्ट्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ४६.३७ प्रतिशत बढेको छ। गत साता ४८४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ७०९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४६ प्रतिशत बढेको छ भने गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३० प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको न्यादी हाइड्रोपावरको शेयरमूल्य यस साता सर्वाधिक १४.३६ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता विन नेपाल लघुवित्त वित्तीय संस्था, प्रभु सेलेक्ट फण्ड, गुराँस लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने न्यादी हाइड्रोपावर, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, माछापुच्छ्रे बैंक लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

काराेबारकाे अन्त्यमा शेयरको मूल्य बढाएर सर्किट लगाउनेका दिन सकिँदै, अन्तिम १५ मिनेटको औसत मूल्य कायम गर्ने नियम लागु हुने

Feb 18, 2025 06:07 PM

सुवास निरौला

दोस्रो बजारमा अन्तिम सेकेण्डमा मार्केट “एमकेटी” गर्दै शेयरको मूल्य बढाएर सर्किट लगाउनेहरूको दिन सकिने भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यस अघि कायम हुने गरेको अन्तिम शेयरको कारोबार मूल्य गणना गर्ने विधि परिवर्तन गर्ने निर्णय गरेको छ।