Ipo.aspx merolagani - सुनको मूल्य सामान्य बढ्यो, चाँदीको भने घट्यो

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको भने घट्यो

Feb 23, 2025 10:48 AM Merolagani

फागुन ११ गते, आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको छ। अघिल्लो दिन अर्थात गत शुक्रबार, तोलाको १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन, यस दिन १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस दिन चाँदीको मूल्य भने तोलामा २० रुपैयाँ घटेको छ। गत शुक्रबार प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ।

comments powered by Disqus

सानिमा रिलायन्स इन्स्योरेन्सको लाभांश घोषणा

Feb 25, 2025 10:27 AM

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स (SRLI) ले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।