Ipo.aspx merolagani - सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम

Mar 01, 2025 06:36 AM Merolagani

यो साता पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएर उचाइमा पुग्याे । सुनकाे मूल्यमा यस साता ऐतिहासिक रेकर्ड कायम भएको हाे।

साताको तेश्राे दिन, मंगलबार हालसम्मकै उच्च मूल्य पुगेर तोलाको एक लाख ७१ हजार ३०० रूपैयाँ पुगेर ऐतिहासिक रेकर्ड बनाएको हो । साताको अन्तिमसम्म आइपुग्दा भने सुनको मूल्य विभिन्न उतारचढावका बीच घट्याे।

साेमबार सुन प्रतिताेला एक लाख ७० हजार ८०० रूपैयाँ हुँदै मंगलबार एक लाख ७१ हजार ३०० रूपैयाँ पुग्याे। तर, बुधबार भने सुन सस्तिएर एक लाख ७० हजार ५०० रूपैयाँ र बिहीबार थप गिरावट भएर एक लाख ७० हजार ३०० रूपैयाँमा झर्याे । शुक्रबार भने सुन ताेलाकाे एक लाख ६८ हजार १०० रूपैयाँमा काराेबार भयाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मुल्य साताको पहिलो दिनको तुलनामा २ हजार २०० रूपैयाँ कम हो ।

अन्तरराष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि यो साताको अन्तिममा सुनको मुल्य घटेको हो । 

छोटो समयमै लगानीकर्ताले नाफा सुरक्षित गर्दा दवावले अन्तरराष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मुल्यमा गिरावट भएको विश्लेषकहरूको भनाई छ ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि घटेको छ । साताको पहिलो दिन, आइतबार ताेलामा एक हजार ९७० रूपैयाँ रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतिताेला एक हजार ९१५ रूपैयाँ कायम भयो । यसरी, साताभरमा चाँदी ताेलामा ५५ रूपैयाँले घटेकाे हाे ।

सानिमा रिलायन्स इन्स्योरेन्सको लाभांश घोषणा

Feb 25, 2025 10:27 AM

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स (SRLI) ले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।