Ipo.aspx merolagani - एनएमबि लघुवित्तले लाभांश वितरण नगर्ने

एनएमबि लघुवित्तले लाभांश वितरण नगर्ने

Mar 09, 2025 10:44 AM Merolagani

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड (NMBMF) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

लघुवित्तको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। लघुवित्तले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

Mar 07, 2025 10:35 AM

फागुन २३ गते, शुक्रबार, नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।