Ipo.aspx merolagani - स्वरोजगार लघुवित्तको लाभांश घोषणा

स्वरोजगार लघुवित्तको लाभांश घोषणा

Mar 06, 2025 10:31 AM Merolagani

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । 

लघुवित्तको फागुन २१ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.६२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । जस मध्येमा १३.८९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३१२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

त्यसैगरी, संस्थाको हाल कायम पूँजी संरचना बमोजिम संस्थापक समूहको शेयर स्वामित्व ५४.२६ प्रतिशत तथा सर्वसाधारण तर्फको शेयर स्वामित्व ४५.७४ प्रतिशत रहेकोमा सर्वसाधारण तर्फको शेयर स्वामित्व बढाई ४७.२८ प्रतिशत  पुर्याउने प्रयोजनका लागि १,९५,७३३ कित्ता शेयर सर्वसाधारणमा थप सार्वजनिक निष्काशन एफपीओ गर्ने प्रक्रियामा छ ।

वार्षिक साधारण सभा सञ्चालन प्रयोजनार्थ बुकक्लो भन्दा अगावै उक्त एफपीओ शेयर सुचिकरण भएमा थप सुचिकृत शेयरधनीहरुलाई समेत प्रस्तावित लाभांश वितरण गर्ने कम्पनीले उल्लेख गरेको छ ।