Ipo.aspx merolagani - सातामा करिब ३ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

सातामा करिब ३ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Mar 15, 2025 06:08 AM Merolagani

यस साता नेप्से परिसूचक करिब ३ प्रतिशत घटेर बन्द भएको छ। गत साता २८१८.४३ विन्दुमा बन्द भएको नेप्से, यस साता २.९१ प्रतिशत अर्थात ८१.९५ अंक घटेर २७३६.४८ विन्दुमा झरेको छ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये एक कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो। यस साताको अन्तिम कारोबार दिन नेप्से बढेर बन्द भएको थियो।

 

यस साता सेन्सेटिभ इण्डेक्स ११.५७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९७ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा १२ अर्ब ५१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ८ अर्ब ७७ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २९.८७ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या २६.१५ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २२.३७ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ३ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब ७९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ३६ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ४३ अर्ब रुपैयाँमा झरेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.३४ प्रतिशत घटेको छ। गत साता ७६१६.९३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३३०.३० अंक घटेर ७२८६.६३ विन्दुमा झरेको छ। यस साता विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा कम ०.८८ प्रतिशत घटेको छ।

अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४००.१५ अंक घटेको छ। गत साता १४ हजार २३८.४२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १३ हजार ८३८.२७ विन्दुमा झरेको छ। त्यस्तै, अंकका आधारमा सबैभन्दा कम म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ।

यस साता नेप्सेमा ३ कम्पनीको १ करोड ५८ लाख ८१ हजार ८०३.०२ कित्ता शेयर सूचीकृत भएको छ। यस साता नेपाल ल्यूब आयल र स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर र एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता पनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक १७.२७ प्रतिशत बढेको छ। गत साता १ हजार ६७२ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता १ हजार ९६१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता महालक्ष्मी विकास बैंकको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस साता सर्वाधिक १८.५७ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता पाँचथर पावर कम्पनी, ९ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८८, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, विजय लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

दोस्रो बजारमा "स्पूफिङ" गर्ने क्रम बढ्दो, सर्वसाधारण लगानीकर्ता जोखिममा, के हो "स्पूफिङ" ?

Mar 14, 2025 06:15 AM

सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को शेयर कारोबार गर्ने अनलाईन प्रणाली टिएमएस(ट्रेड म्यानेजेमेन्ट सिस्टम)मा बुधबार मध्यान्ह १२ बजेर ५२ मिनेट ५२ सेकेण्ड गएको छ।