Ipo.aspx merolagani - क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

Mar 18, 2025 08:48 AM Merolagani

चैत ५ गते, मंगलबार, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीको आईपीओमा कुल १९ लाख ६५ हजार ८११ जनाले २ करोड २७ लाख ३९ हजार ६५० कित्ता शेयर खरिदका लागि आवेदन गरेका थिए। जसमध्ये १० हजार १२६ आवेदन रद्द भएको छ भने बाँकी १९ लाख ५५ हजार ६८५ आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

comments powered by Disqus

दोस्रो बजारमा "स्पूफिङ" गर्ने क्रम बढ्दो, सर्वसाधारण लगानीकर्ता जोखिममा, के हो "स्पूफिङ" ?

Mar 14, 2025 06:15 AM

सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को शेयर कारोबार गर्ने अनलाईन प्रणाली टिएमएस(ट्रेड म्यानेजेमेन्ट सिस्टम)मा बुधबार मध्यान्ह १२ बजेर ५२ मिनेट ५२ सेकेण्ड गएको छ।