कम्पनीले गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८० लाख रुपैयाँबराबरको १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरमा ४८ हजार ३१२ जना आवेदकहरुले आवेदन दिएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ। मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम गोलाप्रथा प्रक्रियामार्फत १८ हजार जना आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ।
बाँडफाँटमा परेका शेयरहरुको विवरण प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/ipo-allotment अथवा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित https://iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ।