Ipo.aspx merolagani - बिहीबारबाट अन्तिम कारोबार मूल्य कायम हुने, १५ मिनेटको औसत कारोबार मूल्य नै अन्तिम कायम हुने

बिहीबारबाट अन्तिम कारोबार मूल्य कायम हुने, १५ मिनेटको औसत कारोबार मूल्य नै अन्तिम कायम हुने

Mar 19, 2025 05:36 PM merolagani

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बिहीबारदेखि अन्तिम कारोबार मूल्य परिवर्तन गर्ने भएको छ। बुधवार एक सूचना जारी गर्दै नेप्सेले सो जानकारी गराएको छ।

सूचना अनुसार दुई बजेर ४५ मिनेट देखि ३ बजेसम्म कारोबार हुने शेयरको अन्तिम भारित औसत कारोबार मूल्य नै अन्तिम कारोबार मूल्य हुने छ। यदि अन्तिम १५ मिनेटमा कुनै पनि कारोबार नभएमा त्यस अघि भएको अन्तिम कारोबार मूल्य नै अन्तिम कारोबार मूल्य हुने छ। बिहीबार देखि उक्त व्यवस्था कार्यान्वयनमा आउने छ।  

 

 


comments powered by Disqus

दुवै जना डेपुटी गभर्नर ‘रिङ आउट’, एउटा अधिकारी जाने अर्काे अधिकारी आउने !

Mar 24, 2025 10:55 AM

अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी ओलीले नयाँ गभर्नर टुंगो लगाएका छन् । स्रोतका अनुसार नयाँ गभर्नर नियुक्तिको लागि हालका दुवैजना डेपुटी गभर्नरद्धय डा. निलम तिमल्सिना र बमबहादुर मिश्रसहितका विभिन्न व्यक्तिहरुले शक्ति केन्द्रहरुमा दौडधुप गरिरहे पनि उनीहरु ‘रिङ आउट’ हुन सक्ने देखिन्छ ।