Ipo.aspx merolagani - १५ मिनेटको औषत कारोबार मूल्य अन्तिम मूल्य कायम हुँदा नेप्सेमा के कति फरक पर्यो?

१५ मिनेटको औषत कारोबार मूल्य अन्तिम मूल्य कायम हुँदा नेप्सेमा के कति फरक पर्यो?

Mar 20, 2025 03:39 PM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज चैत ७ गते, बिहीबारदेखि दुई बजेर ४५ मिनेट देखि ३ बजेसम्म कारोबार हुने शेयरको अन्तिम भारित औसत कारोबार मूल्य नै अन्तिम कारोबार मूल्य कायम हुने व्यवस्था लागु गरेकाे छ।

 

यसले गर्दा अधिकांश स्टकहरुको मूल्य परिवर्तन भई सूचकहरु पनि परिवर्तन भएको छ।

औषत मूल्य गणना गर्नु अघि १२.३८ अंक घटेर २६६९.७६ विन्दुमा बन्द भएको नेप्से, औषत गणना पछि १२.८४ अंक घटेर २६६९.३१ विन्दुमा बन्द भएको छ। त्यस्तै, बजार बन्द हुँदा १.९७ अंक घटेको सेन्सेटिभ इण्डेक्स, औषत गणना पछि २.२१ अंक घटेको छ।

यसैगरी, बजार बन्द हुँदा ७.५३ प्रतिशत बढेको दोल्ती पावर कम्पनीको शेयरमूल्य औषत गणनापश्चात ६.९० प्रतिशत बढेको छ। यसरी अधिकांश कम्पनीहरुको शेयरमूल्य परिवर्तन हुँदा सबै उपसमूहका परिसूचक तथा समग्र सूचक पनि परिवर्तन हुन पुगेको हो।

बिहीबार नेप्से परिसूचक १२.८४ अंक घटेर २६६९.३१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा यस दिन ३१२ स्टकको ५५ हजार ४७६ पटकको कारोबारमा ४ अर्ब ५६ करोड १३ लाख ११ हजार रुपैयाँबराबरको ९५ लाख ९९ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन दोल्ती पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ६.९० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन एशियन हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य ५ प्रतिशत र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ। यस दिन दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मिथिला लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड २१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिन्धु विकास बैंकको साढे १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.२६ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक १.२६ प्रतिशत घटेको छ। बाँकी ११ उपसमूहको परिसूचक यस दिन सामान्य घटेको छ।

चैत २४ गते रामनवमीमा सार्वजनिक विदा दिने मन्त्रीपरिषद्को बैठककाे निर्णय, यस्ता छन् अरु निर्णयहरु

Mar 19, 2025 12:48 PM

सरकारले चैत २४ गते रामनवमीमा सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।