Ipo.aspx merolagani - झनै किन बढ्यो प्यानिक सेल ?

झनै किन बढ्यो प्यानिक सेल ?

Mar 23, 2025 05:52 PM Merolagani

बजार आज झनै फराकिलो अंकले घटेको छ । पछिल्लो चरण घट्न सुरु भएको १३ औं कारोबार दिनमा बजार ५४.६२ अंकले घटेर २६१४.६८ विन्दुमा झरेको छ ।

कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । बजारमा ६ अर्ब २६ करोड रुपैयाँ भन्दा बढीको शेयर खरिद बिक्री भएको छ । निरन्तर एकोहोरो गतिमा घटेको बजारमा लगानीकर्ताको मनोभावना कमजोर भएको छ भने बजारमा प्यानिक सेल आएको छ ।

वास्तवमा बजार यसै कारणले घट्यो र घट्नु पर्ने थियो भन्ने जवाफ कुनै लगानीकर्तासँग पनि रहेको देखिँदैन । यद्यपि बजारले ओरालो गतिलाई निरन्ता दिँदै छ । मुलुकमा राजनीतिक आन्दोलन हुन सक्ने कुराले लगानीकर्ताहरु त्रसित भएका छन ।  राजतन्त्र पक्षधर र गणतन्त्रवादीहरुबीच थप द्वन्द्व बढ्न सक्ने र राजनीति अस्थिरता निम्तिने अनुमान लगानीकर्तामा छ । 

 

चैत २४ गते रामनवमीमा सार्वजनिक विदा दिने मन्त्रीपरिषद्को बैठककाे निर्णय, यस्ता छन् अरु निर्णयहरु

Mar 19, 2025 12:48 PM

सरकारले चैत २४ गते रामनवमीमा सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।