Thu, Apr 03, 2025
चैत २१ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। गत शुक्रबारदेखि दैनिक नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य, हिजो अर्थात बुधबार घटेको थियो। तर यस दिन पुनः सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ बढेको हो। बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन तोलाको २ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन तोलामा २५ रुपैयाँ घटेर १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ बढेको हो। बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन तोलाको २ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन तोलामा २५ रुपैयाँ घटेर १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ।
तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।