Ipo.aspx merolagani - खुद ब्याज आम्दानी घटेपनि मितेरी डेभलपमेन्ट बैंकको नाफा बढ्यो

खुद ब्याज आम्दानी घटेपनि मितेरी डेभलपमेन्ट बैंकको नाफा बढ्यो

Apr 16, 2025 02:32 PM Merolagani

मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ९ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.४१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेपनि खुद फि तथा कमिशन आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.४४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ११३.५१ प्रतिशत बढेको छ। त्यसतै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ७.४५ प्रतिशत र सञ्चालन मुनाफा ३५.४१ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ९४ पैसा बढेर १० रुपैयाँ १३ पैसा पुगेको छ। चैत मसन्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १० करोड ८३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ६५ पैसा रहेको छ। बैंकको मूल्य आम्दानी अनुपात ६०.११ गुणा र प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ रहेको छ।

१ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ९ महिनामा ३.९५ प्रतिशत घटेको छ। सो ९ महिनामा बैंकको निक्षेप ३.९० प्रतिशत घटेको छ भने कर्जा तथा सापटी २२.४४ प्रतिशत बढेको छ।

comments powered by Disqus

सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।