Ipo.aspx merolagani - नाफासँगै बढ्यो कामना सेवा विकास बैंकको प्रतिशेयर आम्दानी

नाफासँगै बढ्यो कामना सेवा विकास बैंकको प्रतिशेयर आम्दानी

Apr 19, 2026 07:04 AM Merolagani

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.३७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.६० प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८.४४ प्रतिशत र सञ्चालन मुनाफा १८.३४ प्रतिशत बढेको छ।

नाफा बढेपनि बैंकको वितरणयोग्य मुनाफा भने घटेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १६.४६ प्रतिशत घटेको छ। बैंकको निष्क्रिय कर्जा भने समीक्षा अवधिमा ४.२७ प्रतिशतबाट बढेर ४.४ प्रतिशतमा पुगेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५९ पैसा बढेर २० रुपैयाँ ३२ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५६ पैसा घटेर १४ रुपैयाँ ४२ पैसामा झरेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.२ गुणा र प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ५७ पैसा रहेको छ।

३५ करोड रुपैयाँको ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरसहित ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ४५ करोड४९५ लाख रुपैयाँ सञ्चित छ। बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ६४ अर्ब ९५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

comments powered by Disqus

सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।