Ipo.aspx merolagani - व्यापार युद्ध चर्किने विश्लेषणले सुनको मूल्यमा नयाँ रेकर्ड बन्दै

व्यापार युद्ध चर्किने विश्लेषणले सुनको मूल्यमा नयाँ रेकर्ड बन्दै

Apr 19, 2025 06:19 AM Merolagani

साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो। जुन सो समयसम्मको उच्च मूल्य थियो। सोमबार नयाँ वर्षको सार्वजनिक बिदा पछि मंगलबार खुलेको बजारमा सुन तोलामा १ हजार ७०० रुपैयाँ घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

सोपश्चातका दुई दिन अर्थात बुधबार र बिहीबार, सुनको मूल्य क्रमशः १ लाख ८७ हजार र १ लाख ९० हजार ६०० रुपैयाँ पुग्दै नयाँ रेकर्डहरु बनायो। साताको अन्तिम कारोबार दिन भने सुनको मूल्य घटेर प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भयो।

अन्तरराष्ट्रिय बजारमा भूराजनीतिक तनावले गर्दा बढिरहेको सुनको मूल्यमा पछिल्लो पटक अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई लगाएको आयात शुल्क २४५ प्रतिशत पुर्याएका साथै चीनले समेत रेयर अर्थात मिनरल्सको निर्यातलाई रोकेपछि अमेरिका चीनबीचको व्यापार युद्ध चर्किने विश्लेषण भएकोले अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएको विश्लेषकहरुको भनाइ छ।

साताभरको उतारचढावपछि चाँदीको मूल्य भने यस साता स्थिर रहेको छ। आइतबार प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

comments powered by Disqus

गभर्नरमा डा. भट्ट ‘कन्फर्म’ भएकाे कुरा के हाे ? डा.निलमको आधा—आधाको हिसाब यसरी विग्रियो

Apr 17, 2025 11:26 AM

भनिन्छ, जब इमान्दारहरुबीच खुट्टा तानातान हुन्छ, तब खराब मान्छेले मौका पाउंछ र जब खराबहरुका बीचमा खुट्टा तानातान हुन्छ, तब इमान्दारले मौका पाउंछ ।