नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत आईतबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँ खरिदबिक्री भएको थियो । गत बिहीबारदेखि आईतबारसम्म सुनको मूल्यले निरन्तर ऐतिहासिक रेकर्ड बनाउदै बढेको थियो ।
यस दिन चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भएको थियो ।
