Ipo.aspx merolagani - आयो गर्मी, यसरी राख्नुस् आफ्नो कारको ध्यान

आयो गर्मी, यसरी राख्नुस् आफ्नो कारको ध्यान

Apr 26, 2025 10:41 AM Merolagani

गर्मी सुरु भइसकेको छ। यस्तो मौसमको असर कारमा पनि पर्दछ। गर्मीमा कारको विशेष ध्यान दिनु आवश्यक छ। यस्तो नगर्दा तपाई आफ्नो कारलाई नोक्सानी पुर्याउनुका साथै आफु स्वयम्लाई पनि अफ्ठ्यारोमा पार्न सक्नुहुन्छ।

गर्मीमा कसरी राख्ने कारको ध्यान?

१) कुलेन्टः गर्मीमा कुलेन्ट फ्लुडको विशेष ध्यान राख्नु पर्दछ। अत्याधिक गर्मीमा कारको इन्जिन चिसो राख्नु अत्यन्त जरुरी छ। यदि इन्जिन धेरै तातो भयो भने तपाईको कार बन्द हुन सक्छ। गर्मीमा सँधै आफ्नो कारमा कुलेन्टको लेभल चेक गरिरहनुपर्छ। कुलेन्ट ट्रयाकमा सँधै एफको मार्कसम्म कुलेन्ट फ्लुड कायम राख्नु पर्दछ।

२) टायरः गर्मीमा टायरमा हावाको प्रेशर बढ्ने गर्दछ, जसले तपाईको कारको टायर पड्किन सक्छ। यस्तोमा गर्मी मौसममा सँधै कारको टायरमा एयर प्रेशर चेक गराउनुहोस्। यसकासाथै कारको म्यानुअलमा उल्लेख गरिएको प्रेशर अनुसार नै टायरमा एयर प्रेशर राख्नुहोस्।

३) इन्जिनको बेल्टः कारको इन्जिनमा धेरै बेल्टहरुको प्रयोग गरिएको हुन्छ। ती बेल्टहरु रबरबाट बनाइएको हुन्छ र गर्मीमा ती बेल्टहरु खुकुलो हुन सक्छन्। पुरानो बेल्ट गर्मीमा चुँडिन पनि सक्छ। समय समयमा आफ्नो गाडीको बेल्टहरु चेक गरिरहनुहोस् र आवश्यक परे त्यसलाई परिवर्तन पनि गर्नुहोस्।

४) इन्जिन आयलः इन्जिन आयलले इन्जिनमा लुब्रिकेशनको काम गर्दछ। गर्मीमा आयलले आफ्नो चिल्लोपन चाँडै छोड्न सक्छ। जसले गर्दा तपाईको कारमा हानी पुग्न सक्छ। यसका लागि समय समयमा आफ्नो कारमा इन्जिन आयलको लेभल र त्यसको चिल्लोपन चेक गरिरहनु पर्दछ। जहिले पनि त्यही स्ट्याण्डर्डको आयल प्रयोग गर्नुहोस् जसलाई कम्पनीले तपाईको कारका लागि सुझाएका छन्।

५) एसीः गर्मीमा एसीको सबैभन्दा बढी जरुरत पर्दछ। यदि यसले सही तरिकाले काम गरिरहेको छैन भने तपाईलाई समस्या हुन सक्छ। यदि तपाईको कार पुरानो भइसकेको छ भने अहिलेको समयमा एसी अवश्य पनि चेक गर्नुहोस्। यदि तपाईको कार धेरै पुरानो भएको छैन भने पनि एसीको सर्भिस गराउनुहोस्।

६) वाइपर तथा विन्डशील्डः कारको रबरको वाइपर गर्मीमा नरम हुन सक्छ, जसले कारको विन्डशील्डलाई नोक्सानी पुग्न सक्छ। यस्तोमा आवश्यक छ भने समय समयमा वाइपरलाई चेक गरिरहनु पर्छ र यदि यो पुरानो भइसकेको छ भने यसलाई शिघ्र परिवर्तन गर्नुहोस्।

७) कारको रंगको यसरी राख्नुहोस् ध्यानः गर्मीमा घाममा कार राख्दा त्यसको रंग फिक्का पर्न सक्छ। यसका अतिरिक्त धुलो–मिट्टी र प्रदुषणले पनि तपाईको कारको रंगलाई हानी पुर्याउन सक्छ। यसबाट बच्नका लागि कारलाई समय समयमा प्रेशर क्लिन गरिरहनु पर्छ। कारको सतहमा कार रबिंग वेक्स या पोलिश तपाईको कारको रंगलाई बचाउन सहयोगी हुन सक्छ। साथै कारलाई घाममा पार्क गर्नुको सट्टा सम्भव भएसम्म छायाँ भएको ठाउँमा पार्क गर्ने कोसिस गर्नुहोस्। यस्तो गर्दा कारको प्लास्टिक र रबरलाई पनि हानी पुग्दैन।

(अनुवादित)