Ipo.aspx merolagani - नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम पनि बढ्यो

नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम पनि बढ्यो

Apr 27, 2025 03:22 PM Merolagani

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक ३.५८ अंक बढेर २६६१.६० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेकस १.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। गत बिहीबार ७ अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ८९ हजार १६१ पटकको कारोबारमा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रुपैयाँबराबरको २ करोड ८४ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रोको शेयर प्रतिकित्ता ९४ रुपैयाँ ७० पैसा बढेर १ हजार ४२ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ भने क्रेष्ट माइक्रो लाइफको ७८ रुपैयाँ ३० पैसा बढेर ८६१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन भुगाेल इनर्जी डेभलपमेन्ट कम्पनी र ङादी ग्रुप पावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने सानिमा माइ हाइड्रोपावर र अरुण भ्याली पावर डेभलपमेन्टको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८६ करोड १७ लाख ३८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ५६ करोडको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम ५६ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त उपसमूहकाे परिसूचक सर्वाधिक १.०५ प्रतिशत घटेकाे छ।

comments powered by Disqus

गभर्नर छनौट समितिकाे सदस्यमा महाप्रसाद अधिकारीको ‘इण्ट्री’ !

Apr 25, 2025 06:01 AM

सरकारी अर्कमण्यताको कारण बल्झिएको गभर्नर नियुक्ति प्रकरणसंग जोडिएको मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन रहेको छ ।