Ipo.aspx merolagani - नेप्सेसँगै घट्यो कारोबार रकम

नेप्सेसँगै घट्यो कारोबार रकम

Apr 28, 2025 03:21 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक १४.५३ अंक घटेर २६४७.०७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.५९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १० अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२७ स्टककाे ७६ हजार ९९८ पटककाे काराेबारमा ८ अर्ब ९१ कराेड २८ लाख ४३ हजार रूपैयाँबराबरकाे २ कराेड ३६ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएकाे छ।

यस दिन पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य १०४ रुपैयाँ २० पैसा बढेर १ हजार १४६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ भने क्रेष्ट माइक्रो लाइफको ८६ रुपैयाँ १० पैसा बढेर ९४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन मध्य भाेटेकाेशी जलविद्युत कम्पनीकाे शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेकाे छ भने ग्रीन डेभलपमेन्ट बैंककाे शेयरमूल्य करिब ७ प्रतिशत बढेकाे छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ८.४५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७० करोड ७८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको ४५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको कारोबार रकम ३८ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक २.१४ प्रतिशत घटेको छ। घटेका अरु उपसमूहहरुको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।

comments powered by Disqus

गभर्नर छनौट समितिकाे सदस्यमा महाप्रसाद अधिकारीको ‘इण्ट्री’ !

Apr 25, 2025 06:01 AM

सरकारी अर्कमण्यताको कारण बल्झिएको गभर्नर नियुक्ति प्रकरणसंग जोडिएको मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन रहेको छ ।