Ipo.aspx merolagani - गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा उल्लेख्य बढ्यो

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा उल्लेख्य बढ्यो

Apr 29, 2025 09:30 AM Merolagani

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड (GMLI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ हजार ८१२.८४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद नाफा ७ लाख १ हजार रुपैयाँ मात्र थियो।

आम्दानी बढेसँगै इन्स्योरेन्सको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आर्जित बीमाशुल्क ९९०.४४ प्रतिशत बढेको छ भने कुल आम्दानी ३७०.६६ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी १ हजार २११.१३ प्रतिशत र कुल खर्च ३२५.५७ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ ७० पैसा बढेर ४ रुपैयाँ ८८ पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५०७.९१ गुणा रहेको छ।

७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा २९ लाख ३५ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ लाख ५६ हजार रुपैयाँ सञ्चित छ।

 

ढुंगानाको ‘वार्गेनिङ’ ले कांग्रेस-एमालेका नेताहरु हैरान, उनको सट्टा मिश्र गभर्नरमा सिफारिस हुन सक्ने, सोमबार नयाँ गभर्नर !

May 02, 2025 05:45 PM

‘अति गर्नु अति सार नगर्नु’ भनेझैं कामु गभर्नर निलम ढुंगानाले निरन्तररुपमा गरिरहेको ‘वार्गेनिङ’ बाट सत्तारुढ कांग्रेस एमालेका नेताहरु आजित भएका छन् ।