Ipo.aspx merolagani - नाफा बढेपनि हिमालयन लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी घट्यो

नाफा बढेपनि हिमालयन लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी घट्यो

May 04, 2025 10:08 AM Merolagani

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १.३३ प्रतिशत बढेको छ भने कुल आम्दानी १०.६८ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ७.१४ प्रतिशत र कुल खर्च ५.४४ प्रतिशत बढेको छ।

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ३५ पैसा घटेर ६ रुपैयाँ ८९ पैसामा झरेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६१.५१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ७ पैसा रहेको छ।

९ अर्ब १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोष ४७ करोड ८ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ सञ्चित छ भने अन्य इक्विटी १० करोड ५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

ढुंगानाको ‘वार्गेनिङ’ ले कांग्रेस-एमालेका नेताहरु हैरान, उनको सट्टा मिश्र गभर्नरमा सिफारिस हुन सक्ने, सोमबार नयाँ गभर्नर !

May 02, 2025 05:45 PM

‘अति गर्नु अति सार नगर्नु’ भनेझैं कामु गभर्नर निलम ढुंगानाले निरन्तररुपमा गरिरहेको ‘वार्गेनिङ’ बाट सत्तारुढ कांग्रेस एमालेका नेताहरु आजित भएका छन् ।