Ipo.aspx merolagani - प्रभु इन्स्योरेन्सको नाफा घट्यो

प्रभु इन्स्योरेन्सको नाफा घट्यो

May 12, 2025 03:01 PM Merolagani

प्रभु इन्स्योरेन्स लिमिटेड (PRIN) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले २० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.८४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३९ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क २.५७ प्रतिशत बढेको छ भने कुल आम्दानी ३३.५६ प्रतिशत घटेको छ। त्यस्तै, इन्स्योरेन्सकोे खुद दाबी भुक्तानी २७.२२ प्रतिशत र कुल खर्च १७.५५ प्रतिशत घटेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १९ रुपैयाँ ४० पैसा घटेर १८ रुपैयाँ ५३ पैसामा सीमित भएको छ। चैतको अन्त्यसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ रहेको छ।

१ अर्ब ४४ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ३६ करोड ५५ लाख रुपैयाँ, महाविपत्ती कोषमा ११ करोड ५३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २९ करोड १ लाख रुपैयाँ र अन्य इक्विटीमा १६ करोड ७७ लाख रुपैयाँ सञ्चित छ।

एक्कासी ६२ अंकले किन बढ्यो शेयर बजार ? यस्ता कारणले बढेको लगानीकर्ताको विश्लेषण

May 07, 2025 06:32 PM

सुवास निरौला

न कुनै फण्डा,न कुनै ठुलै कारण, तर शेयर बजार भने बुधवार एक्कासी ६२.२५ अंकले बढेर २६७३.६९ अंकमा उक्लियो। यस अघि कुनै निश्चित कारण सहित शेयर बजार फराकिलो अंकको वृद्धि कायम गर्ने गरेको थियो।