Ipo.aspx merolagani - 'समग्र आर्थिक सूचक सकारात्मक छन्, नेप्से बढ्ने नै हो'

'समग्र आर्थिक सूचक सकारात्मक छन्, नेप्से बढ्ने नै हो'

Jun 19, 2025 06:29 PM Merolagani

बिहीबारको बजार घटेको छ । विगतका कारोबार दिनमा सामान्य अंकले घटेकाे बजार आज उच्च अ‌ंकले घटेको हो ।

यसदिन बजार २४.५९ अंकले घटेर २६२९.०८ विन्दुमा झरेको छ भने ११ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

अब बजारमा बढ्नेमा लगानीकर्ताहरु आशावादी रहेका छन् । असार मसान्तको प्रभाव र वाफियामा बैंक र व्यवसायी छुट्याउने विषयले बजारलाई गिजोलेको बुझाई छ ।

 

बजारसँग सम्बन्धीत नीतिहरु सहज बन्दैछन् । सूचीकृत कम्पनीले वर्षभर गरेको लाभ वितरण गर्न र लाभांश प्राप्त गर्नको लागि लगानी गर्नु उचित समय रहेको जानकारहरुको बुझाई छ । बैंकको ब्याजदर घट्दो अवस्थामा छ । तरलता बढ्दो छ ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति ल्याउँदै छ । मौद्रिक नीतिले बजारलाई अप्ठ्याराे पारेका नीति खुकुलो पार्ने आशा छ । अर्कोतर्फ आर्थिक सूचक सुधारात्मक भएको कारणले गर्दा बजार बढ्नेमा कुनै शंका नभएको बजार विश्लेषक तथा लगानीकर्ता सुन्दर रायमाझीले बताए ।

comments powered by Disqus